images
images

नेपाल आइपुग्यो चीन सरकारले सहयोग गरेको २५ सय थान अक्सिजन सिलिण्डर


  • 507
    SHARES
  • २०७८ जेठ ३ गते सोमबार

    नेपाल आइपुग्यो चीन सरकारले सहयोग गरेको २५ सय थान अक्सिजन सिलिण्डर

    काठमाडौं । चीन सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको २५ सय थान अक्सिजनको सिलिण्डर नेपाल भित्रिएको छ । सोमबार दिउँसो १२ बजे तातोपानी भन्सार कार्यालयमा उक्त सिलिण्डर आइपुगेको र त्यसको १ घण्टामा भन्सार जाँचपास सकेर १ बजे काठमाडौं हिडेको तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले जानकारी दिए । ‘

    सरकारले ल्याएको उक्त सिलिण्डर चाइना कष्टमबाट हिजै हिडेपनि आजमात्रै नेपाली नाकामा आइपुगेको उनले बताए । ‘आज आइपुगेको सिलिण्डर १० किलो हो,’ उनले भने ‘ हामीले भन्सार नाकामा सिलिण्डर आउने वित्तीकै प्राथमिकता दिएर काठमाडौं पठाइसकेका छौं ।’ 

    अब केही बेरमा चाइनीज सरकारले सहयोग गरेको उक्त सिलिण्डर काठमाडौं पुग्नेछ । चीन सरकारले २० हजार अक्सिजनको सिलिण्डर सहयोग गर्ने भनेको थियो । 

     


    images

    Logo