images
images

गण्डकीमा ५८०१ सिलिन्डर, दैनिक खपत ८५० मात्रै


  • 370
    SHARES
  • २०७८ जेठ ४ गते मंगलबार

    गण्डकीमा ५८०१ सिलिन्डर, दैनिक खपत ८५० मात्रै

    काठमाडौं । कोरोनाको दोस्रो लहरसँगै डूला र सुविधासम्पन्न अस्पतालहरुमा अक्सिजन र शैयाको हाहाकार छ । सबैतिर सिलिन्डर अभाव भइरहँदा गण्डकी प्रदेशले भने प्रदेशमा हाल प्रयोगमा ल्याउनसक्ने अवस्थाका सिलिन्डरको तथ्यांक निकालेको छ । 

    प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार सोमबारसम्म गण्डकी प्रदेशमा ५ हजार ८ सय १ सिलिन्डर रहेका छन् । ती सिलिन्डर जिल्लाजिल्लामा

    आवश्यकता अनुसार प्रयोगमा ल्याउन सक्ने निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार अहिले प्रदेशभित्र दैनिक ८ सय ५० अक्सिजन सिलिन्डर मात्रै खपत भइरहेको छ । नागरिक दैनिकबाट


    images

    Logo