images
images

‘त्यो पर्दैन’ भन्ने भनाई विरुद्धको रिट प्रधानन्यायाधीशको इजलासमा


  • 658
    SHARES
  • २०७८ जेठ ४ गते मंगलबार

    ‘त्यो पर्दैन’ भन्ने भनाई विरुद्धको रिट प्रधानन्यायाधीशको इजलासमा

    काठमाडौं । शपथ ग्रहणका क्रममा प्रधानमन्त्रीले बोलेको ‘त्यो पर्दैन’ भन्ने वाक्यविरुद्ध सर्वोच्च अदालतमा परेको रिटउपर आज सुनुवाई हुँदैछ । सर्वोच्च अदालतले मंगलबार सार्वजनिक गरेको दैनिक पेशी सूचिमा चार वटै रिट प्रधानन्यायाधीश जबराको इजलासमा राखिएको हो । 

    ३१ वैशाखमा शपथ खुवाउने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘प्रतिज्ञा गर्छु’ भन्ने दोहोर्‍याउँदा प्रधानमन्त्री ओलीले ‘त्यो पर्दैन’ भनेका थिए। प्रधानमन्त्री ओलीले ‘त्यो पर्दैन’ भन्दा राष्ट्रपति र राष्ट्रपति संस्थाको मानमर्दन भएको भन्दै सर्वोच्चमा रिट परेका हुन्।

    त्यसविरुद्ध वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ता लोकेन्द्रबहादुर ओली र केशरजंग केसीले रिट दायर गरेका थिए। त्यस्तै, अधिवक्ता सन्तोष भण्डारी, राजकुमार सुवाल र नवराज अधिकारीले छुट्टाछुट्टै रिट दायर गरेका थिए।

    रिटमा ‘नेपालको संविधानको धारा ८० बमोजिम प्रधानमन्त्रीबाट मिति २०७८।१।३१ मा भएको शपथ उत्प्रेषणको आदेशले बदर गरी पुनः दोस्रोपटक शपथग्रहण गर्नु र गराउनु भनी प्रधानमन्त्री र राष्ट्रपतिको नाममा परमादेशको आदेश जारी गरी पाऊँ’ भन्ने माग गरिएको छ।


    images

    Logo