images
images

भारतीय भेरियन्ट ६० प्रतिशत छिटो सर्ने सम्भावना


  • 332
    SHARES
  • २०७८ जेठ ४ गते मंगलबार

    भारतीय भेरियन्ट ६० प्रतिशत छिटो सर्ने सम्भावना

    काठमाडौं । भारतमा भेटिएको भेरियन्ट छिटो मानिस मा सर्न सक्ने बताइएको छ । 

    यो छिटो रुपमा फैलिने र यसले हाम्रो इम्युन लाई चाडो खतम गर्ने बताइएको छ । 

    भारतमा उत्पन्न नयाँ ‘बी।१।६१७।२ भेरियेन्ट बिस्तारै दुनियाँभर फैलिन सुरु गरेको छ ।

    यो हाल ४० भन्दा धेरै देशमा फैलिसकेको छ । 

    भारतीय वैज्ञानिकहरुले ल्याबमा यसले कति छिटो आफूलाई फैलाउन सक्छ भन्नेमा अध्ययन गरिरहेका छन् । 

    भारतमा व्याप्त भेरियेन्ट बी।१।६१७। मा डबल म्युटेसन भएकाले पनि यसबारे सबैले चिन्ता व्यक्त गर्दै आएका छन् । किनकी यो छिटो संक्रमण हुने किसिमको छ र यससँग इम्युन सुरक्षालाई छल्न सक्ने क्षमता पनि छ । 

    यस्तोमा खोप लगाइसकेकाहरुको रगतले यसको संक्रमणबाट जोगाउन सक्छ कि सक्दैन भनेर पनि परीक्षण गरिरहेका छन् । 

    यो भेरियेन्ट तुलनात्मक रुपमा बढी संक्रमक हुने, यसले संक्रमणको समय पनि लम्ब्याइदिने र इम्युन सुरक्षालाई पनि हराउन सक्ने स्वास्थ्यविद्हरुले बताएका छन् । 

    तर यो कत्तिको संक्रमक छ भन्ने सटिक रुपमा प्रमाणित गर्न अझ धेरै डाटा आवश्यक रहेको बताइएको छ । 

     


    images

    Logo