कर्णाली । पत्रकारहरूको आपतकालीन उद्धार, उपचार तथा राहतका लागि नेपाल पत्रकार
महासङ्घ प्रदेश समितिले रु १ करोड राशिको ‘कर्णाली प्रदेश कोष स्थापना गर्ने भएको छ ।
महासङ्घको सोमबार जुममार्फत बसेको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले कर्णालीका विभिन्न जिल्लाका पत्रकार दिनहुँ कोरोना सङ्क्रमित हुने सङ्ख्या बढिरहेकामा चिन्ता व्यक्त गर्दै पत्रकारलाई कोरोनाविरुद्धको लडाइँमा ‘फ्रन्टलाइनर’ घोषित गर्नुपर्ने बताए ।
उक्त बैठकमा पत्रकारको स्वास्थ्य र सुरक्षाको उचित प्रबन्ध गर्न प्रदेश र सङ्घ सरकारसँग माग गरेको छ ।
महासङ्घ प्रदेश समितिका महासचिव खगेन्द्र भट्टराईका अनुसार कोष स्थापनामा सहयोग गर्न सञ्चार उद्यमी, निजी क्षेत्र र तीनवटै तहका सरकारसँग सहयोगको अपिल गरिने बताए।
त्यस्तै कोरोना सङ्क्रमण वा अन्य कुनै गम्भीर अवस्थाका बिरामी पत्रकारको आपतकालीन उद्धार तथा उपचारका लागि महासङ्घका तर्फबाट सहजीकरण गर्न कोषाध्यक्ष गणेशकञ्चन भारतीलाई सम्पर्क व्यक्ति तोक्ने निर्णय गरेको छ ।


