images
images

सामानहरुलाई जीवाणु रहित राख्न भाईरोसिल्ड,कति छ मूल्य ?के–के राख्न मिल्ने ?


  • 871
    SHARES
  • २०७८ जेठ ४ गते मंगलबार

    सामानहरुलाई जीवाणु रहित राख्न भाईरोसिल्ड,कति छ मूल्य ?के–के राख्न मिल्ने ?

    काठमाडौं । सिजी ईलेक्ट्रोनिक्स प्रालिले भाईरस तथा अन्य किटाणु नासक उपकरण भाईरोशील्ड बजारमा भित्राएको छ ।

    चौधरी ग्रुप अन्तर्गत रहेको सिजी ईलेक्ट्रोनिक्स प्रालि ले यसको मूल्य १५ हजार ५९० रुपैयाँ तोकेको छ ।

    गोदरेजको भाईरोसिल्ड घर, हस्पिटल, बैंक तथा अन्य सेवा प्रदानरत संघसंस्थाहरुमा  रहेका सामानहरुलाई जीवाणु रहित बनाउन  उपयुक्त मानिएको छ ।

    यसले २ देखि ६ मिनेटभित्रमा भाईरोसिल्डले युभी–सी रे मार्फत ९९ प्रतिशतभन्दा बढी कोभिड–१९ भाईरसको सूक्ष्मजीवबाट सुरक्षा प्रदान गर्ने गर्दछ । 

    भाईरोसिल्डमा प्याक गरिएका खानेकुरा, डेरीका उत्पादन, तरकारी, फलफूलका साथै मोबाईल, ट्याब्लेट, पर्स, किताब, पैसा, साँचो, मास्क, पञ्जा, स्टेशनरी, बच्चाहरुको खेल्ने कुराहरु आदि राख्न सकिन्छ । 

    भाईरोसिल्डमा विविध सरसामाग्रीहरु राख्न मिलेता पनि औषधी, ब्याट्री, पावर बैंकजस्ता सामानहरु भने राख्नु हुँदैन ।

    आईसीएमआर ल्याबद्वारा सर्टिफाईड अत्याधिक युभी ट्युब र रिफ्लेक्टिभ बनावट भएको गोदरेज भाईरोसिल्डमा १ वर्षको वारेन्टी पनि रहेको छ ।

    चौधरी ग्रुप अन्तर्गत रहेको सिजी ईलेक्ट्रोनिक्सको ईओएल प्रालिले गोदरेज ब्रान्डलाई नेपाली बजारमा बिक्री वितरण गर्दै आईरहेको छ ।


    images

    Logo