काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ ग्रहण र मन्त्री नियुक्तिको विषयमा परेको रिटमा अदालतले सरकारको पक्षमा पहिलो निर्णय गरेको छ । मंगलबार तोकिएको सर्वोच्चको इजलासले प्रधानमन्त्रीले तत्कालै फेरि शपथ लिनु नपर्ने निर्णय गरेको छ ।
त्यस्तै, संघीय संसदको सदस्य नरहेको दोस्रो पटक नियुक्ति हुन मिल्ने कि नमिल्ने भन्ने मुद्दामा समेत अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । रिट निवेदकले माग नगरेको भन्दै यस्तो आदेश नदिइएको हो ।