images
images

खोप वितरणमा धनी र मध्यवर्ग मुलुकबीच विभेद


  • 580
    SHARES
  • २०७८ जेठ ४ गते मंगलबार

    खोप वितरणमा धनी र मध्यवर्ग मुलुकबीच विभेद

    काठमाडौं । विश्वमा धनी मुलुक र मध्य आय भएका मुलुकबीच कोभिड–१९ विरुद्धको खोप वितरणमा व्यापक विभेद भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)  का महानिर्देशक टेड्रोस अधानोम घेब्रेससले बताए ।

    विश्वमा उत्पादित खोपको झण्डै ४५ प्रतिशत उच्च मुलुकहरु मै रहेको तर जनसंख्या भने विश्व जनसंख्याको करिब १५ प्रतिशत मात्र छन् । 

    यही कुरा मध्य आय भएको मुलुकहरुमा विश्वको झण्डै आधा जनसंख्या छ, तर खोप भने १७ प्रतिशत मात्र उपलब्ध छ । 
      
    घेब्रेससका अनुसार विश्वका १२४ वटा देशमा करिब ६३ लाख डोज खोप पठाइएको छ, तर यो खोप ती देशको कूल जनसंख्याको ०.५ प्रतिशत मात्र रहेको बताए ।  
     
    उच्च आय भएका मुलुकहरुले आफ्ना बालबालिका र किशोर किशोरीलाई खोप दिन थालिसकेका छन्, जबकी विश्वका धेरै देशमा अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, ज्येष्ठ नागरिक र अन्य जोखिम समूहमा रहेका व्यक्तिले खोप लगाउनै पाएका छैनन् ।
     
     


    images

    Logo