images
images

आजदेखि एन्टिजेन परीक्षण शुरु, कालीमाटी तरकारी तथा फलफुल बजारबाट सुरुवात


  • 518
    SHARES
  • २०७८ जेठ ४ गते मंगलबार

    आजदेखि एन्टिजेन परीक्षण शुरु, कालीमाटी तरकारी तथा फलफुल बजारबाट सुरुवात

    काठमाडौं । काठमाडौं महानगरपालिका र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले संयुक्त रुपमा  काठमाडौंका विभिन्न समुदायमा आजदेखि एन्टिजेन परीक्षण सुरु गरेको छ । 

    कालीमाटी तरकारी तथा फलफुल बजारमा खुद्रा तथा होलसेल व्यापारीहरुको चहलपहल धेरै हुनेहुनाले यसको परिक्षण यही बाट थालेको हो ।

    परीक्षण गरिएका सबै व्यक्तिहरुलाई रिपोर्ट नआउञ्जेल आइसोलेसनमा बस्न भनिएको छ ।

    महाशाखाका ल्याबटेक्निसियन निरीक्षक भोला अधिकारीले परीक्षणबाट आएको नतिजाले लक्षणसहितका विरामीलाई अस्पताल पठाउन र लक्षण नभएका विरामीलाई होम आइसोलेसनमा बस्न तथा निगरानी गर्न सहज हुने बताए ।

    उनका अनुसार कसैको शरीरमा कोभिडका भाइरसको प्रवेश भइसकेपछि लक्षण देखिन ५ दिनसम्म लाग्न सक्छ । 

    यसअघि लक्षण देखिनु अघि कसैसँग कोभिड छ कि छैन भनेर थाहा पाउन यो परीक्षण प्रभावकारी छ । 

    पहिलो चरणमा करिब १० हजार व्यक्तिको एन्टिजेन परीक्षण गर्ने लक्ष्य छ ।

    भोलि बडा ३२ को तरकारी बजारमा परीक्षण हुनेछ । तरकारी बजारसहित अहिले पनि धेरै मानिसहरु भेला हुने ठाउँलाई पहिला प्राथमिकतामा राखिएको महानगरका कोभिड फोकल पर्सन ज्ञानबहादुर ओलीले बताए । 

    तरकारी बजारपछि धेरै संक्रमण देखिएका वडाहरुमा परीक्षण गराउने योजना छ ।

    परीक्षणका लागि १५ जना स्वास्थ्यकर्मीको टोली परिचालन भएको छ ।


    images

    Logo