काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक स्थानमा जथाभावी नथुक्न र माक्सको अनिवार्य प्रयोग गर्न काठमाडौं बासीलाई आग्रह गरको छ । नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमण बढेपछि त्यसलाई नियन्त्रण गर्न मंगलबार जिल्ला प्रशासन कार्यालयले काठमडौं बासीलाई जथाभावी नथुक्न आग्रह गरेको हो ।
जिल्ला प्रशासन काठमाडांैले सार्वजनकि स्थानमा नथुक्नका साथै मास्कको प्रयोग अनिवार्य गर्न निर्देशनात्मक सूचना पनि जारी गरेको छ । मास्क प्रयोग गरिसकेपछि जथाभावी नफाल्न र पाँच दिनपछि मात्र बिसर्जन गर्न पनि प्रशासनले आग्रह छ ।
साथै विदेशबाट नेपाल आएका र कन्ट्याक्ट ट्रेसिङमा परेकाहरूले कोरोना नतिजा पोजेटिभ नभएपनि १० दिन होम क्वारेन्टाइनमा अनिवार्य बस्न प्रशासनको अपिल छ ।
पिसिआर परीक्षणका लागी स्वाव दिएपछि हिँडडुल नगर्न र स्थानीय तहमा क्वारेन्टिन र आइसोलेशनमा बसेकालाई सक्दो सहयोग गर्न सबैलाई प्रशासनले आग्रह गरेकोे छ । जिल्ला प्रशासन कार्यालयको आग्रह अटेर गर्नेलाई संक्रामक रोग ऐन–२०२० अनुसार प्रशासनले कारवाही गर्ने चेतावनी दिएको छ ।
त्यस्तै अब बसमा चढ्दा मास्क अनिवार्य गरिएको छ । मास्क लगाएरमात्र बसमा यात्रा गर्न पनि प्रशासनले आग्रह गरेको छ । यदि मास्क नलगाइ बसमा यात्रा गरेका यात्रुहरूले १० रुपैयाँ तिरेर सार्वजनकि यातायातको सहचालकसँग मास्क किन्नुपर्ने नियम प्रशासनले लागू गरेको छ ।