images
images

सबै उमेर समूहमा जोखिमपूर्ण

नेपालमा पनि कोरोनाको नयाँ भेरियन्ट भित्रियो, परीक्षणको ९७ प्रतिशतमा बी. १.६१७.२


  • 688
    SHARES
  • २०७८ जेठ ४ गते मंगलबार

    नेपालमा पनि कोरोनाको नयाँ भेरियन्ट भित्रियो, परीक्षणको ९७ प्रतिशतमा बी. १.६१७.२

     


    काठमाडौं । नेपालमा कोभिड १९ को नयाँ भेरियन्ट पत्ता लागेको छ । देशका विभिन्न भागबाट संकलन गरिएका ३५ नमूनाको जिन स्क्विन्सिङ गर्दा नयाँ भेरियन्ट पत्ता लागेको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । नयाँ भेरियन्ट भाइरससहित हालसम्म तीन किसिमको भेरियन्ट पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार देशका विभिन्न भागबाट गत हप्ता संकलित ३५ नमूनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा जिन स्क्विन्सिङ गरी आएको नतिजाअनुसार ९७ प्रतिशतमा (३४ वटामा) बी. १.६१७.२ नयाँ भेरियन्ट र ३ प्रतिशतमा बी.१.६१७.१ भेरियन्ट पुष्टि भएको हो ।

    हाल पत्ता लागेको नयाँ भाइरस सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको जनाइएको छ । विश्व स्वास्थ्य संगठनले २०२१ मे १० मा यो नयाँ भेरियन्टलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्न भनी घोषणा गरिसकेको छ । 

    corana.jpg

     


    images

    Logo