images
images

नेपालमा भेटिएको भारतीय भेरियन्ट कतिको खतरनाक


  • 321
    SHARES
  • २०७८ जेठ ५ गते बुधबार

    नेपालमा भेटिएको भारतीय भेरियन्ट कतिको खतरनाक

    काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार नेपालमा ‘भारतीय भेरियन्ट’को कोरोना भाइरस फैलिएको पुष्टि गरेको छ । 

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले परीक्षण गरिएको नमुनामध्ये ९० प्रतिशतमा भारतीय भेरियन्टको कोरोना भेटिएको जनाएको छ । 

    यो भेरियन्ट सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको अध्ययनहरुमा पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    अहिले आएको नयाँ भाइरस अन्यको तुलनामा आक्रामक र बढी घातक मानिएको छ ।

    युके भेरियन्टभन्दा अझै तीब्र गतिमा फैलिने र यसले सबै वर्ग र उमेर समूहका व्यक्तिलाई असर गर्नेछ ।

    यसले बन्द कोठामा बसेको एउटा संक्रमितले सयौंजनासम्मलाई एकै मिनेटमा भाइरस सार्न सक्ने खालको रहेको छ ।

    यो भाइरसले ६०,६५ वर्षका ज्येष्ठ नागरिकदेखि ३,४ वर्षका बच्चासम्म सबैलाई असर गर्ने र कोरोना भाइरस विरुद्धको खोप लगाइसकेकोमा  यसको असर कम देखिने छ ।

    नयाँ भेरियन्टको भाइरस धेरैमा प्रसार हुने, संक्रमितमा धेरै लक्षण देखिने र यसले मान्छेलाई मृत्युको मुखसम्म लैजाने चरित्रको छ । जुन अघिल्ला भेरियन्टको तुलनामा बढी घातक मानिएको छ ।

     

     

     

     

     

     

     

     

     

     


    images

    Logo