काठमाडौं । जाल्पा लघुवित्त वित्तिय संस्था को शेयर रजिष्टारमा प्रभु क्यापिटल नियुक्त भएको छ । फाल्गुण १३ गतेदेखि लागू हुने गरी उक्त निर्णय गरेको हो ।
शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि जाल्पा लघुवित्त र प्रभु क्यापिटल लिमिटेडबीच सम्झौता भएको छ । सम्झौतामा जाल्पा लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिमला योगीे र प्रभु क्यापिटलको तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।
शेयर राजिष्ट्रारको रुपमा प्रभु क्यापिटलले जाल्पा लघुवित्त वित्तिय संस्था लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं शेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु गर्नेछ ।


