images
images

राष्ट्रिय सभाका १९ सांसदले लिए पद तथा गोपनियताको शपथ


  • 620
    SHARES
  • २०७८ फाल्गुण २१ गते शनिबार

    राष्ट्रिय सभाका १९ सांसदले लिए पद तथा गोपनियताको शपथ

    काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित १९ सांसदले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित १९ सदस्यलाई शनिबार शपथ ग्रहण गराएका हुृन् । सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा आज आयोजित समारोहमा अध्यक्ष तिमिल्सिना सक्षम उनीहरुलाई शपथ गराएका हुन्।

    शपथ लिने नवनिर्वाचित सदस्यमा जयन्तीदेवी राई, सोनाम गेल्जेन शेर्पा, गोपालकुमार बस्नेत, उर्मिला अर्याल, मोहम्मद खालिद, गोमादेवी तिमिल्सिना, कृष्णप्रसाद पौडेल, कमला पन्त र भुवनबहादुर सुनार छन्।

    त्यस्तै, सुरेशकुमार आले मगर, राजेन्द्रलक्ष्मी गैरे,  तुलप्रसाद विश्वकर्मा, युवराज शर्मा, दुर्गा गुरुङ, नरबहादुर विष्ट, उदयबहादुर बोहरा, मदनकुमारी शाह (गरिमा), जगतबहादुर पार्की र नारायणदत्त मिश्रले पनि शपथ लिएका छन् । 

    नवनिर्वाचित सदस्यले सभा तथा संसदीय समितिमा भाग लिनुअघि स्रघीय कानुन अनुसार शपथ ग्रहण गर्नुपर्ने सवैधानिक व्यवस्था छ । शपथ लिन केही सदस्य आफनो जातीय वेषभूषासहितको पहिरनमा आएका थिए । 
      
    राष्ट्रियसभा सदस्य १९ पदका लागि गत माघ १२ गते निर्वाचन भएको थियो । उहाँहरुको कार्यकाल छ वर्षको हुनेछ । 
     समारोहमा अध्यक्ष तिमिल्सिनाले नवनिर्वाचित सदस्यलाई सघीय ससद्को प्रतिक चिह्न (लोगो) प्रदान गरे । सचिवालयका महासचिव डा भरतराज गौतमले उनीहरुलाई सचिवालयको तर्फबाट सफल कार्यकालका लागि बधाई ज्ञापन गरे ।

    कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दीलेन्द्रप्रसाद बडू, राष्ट्रियसभाका विभिन्न राजनीतिक दलका नेता, मुख्य सचेतक र सचेतक सो अवसरमा सहभागी थिए । संसद् सचिवालयले उहाँहरुलाई संसद् र संसदीय अभ्यासबारे शनिबार नै संक्षिप्त जानकारी दिने कार्यक्रमसमेत राखेको छ ।


    images

    Logo