images
images

१० वर्षमा ४ गुणाले बढ्यो बजेटको आकार


  • 416
    SHARES
  • २०७८ फाल्गुण २२ गते आइतबार

    १० वर्षमा ४ गुणाले बढ्यो बजेटको आकार

    काठमाडौं । केही थप कार्यक्रमसहित आगामी आर्थिक वर्ष २०७९र८० को बजेट निर्माण प्रक्रिया सुरु भएको छ। आर्थिक वर्ष २०७०र७१ मा ५ खर्ब २० अर्ब रुपैयाँ विनियोजन गरिएको बजेट ५ गुणाले बढेर आर्थिक वर्ष २०७९र८० मा आइपुग्दा १८ खर्बको आसपास पुग्ने देखिएको छ।

    राष्ट्रिय योजना आयोगले १७ खर्ब ४४ अर्बको बजेट सिलिङ दिएसँगै बजेट निर्माण प्रक्रिया तीव्र अगाडि बढेको हो । सरकारको घट्दो बजेट खर्च क्षमताका बीच विगत एक दशकको बजेटको आकार हेर्ने हो भने हरेक वर्ष बजेटको आकार बढ्दै गएको छ । 

    खर्च गर्न नसक्ने भए पनि सरकारले बजेटको आकार बढाउने तथा पुराना कार्यक्रम कार्यान्वयन नभए पनि नयाँ नयाँ आयोजना समावेश गर्ने प्रचलन यसपटक पनि दोहोरिने अर्थ मन्त्रालय स्रोतले जनायो । साथै हरेक वर्ष सरकारको चालू खर्चमा व्यापक वृद्धि भएको छ भने पुँजीगत खर्च विनियोजन तथा वास्तविक खर्च दुवै घटिरहेको छ। कारोबार दैनिकबाट


    images

    Logo