images
images

समता घरेलु लघुवित्तले एफपीओ निष्काशन गर्दै, विक्री प्रबन्धकमा आरविवि मर्चेन्ट नियुक्त


  • 617
    SHARES
  • २०७८ फाल्गुण २२ गते आइतबार

    समता घरेलु लघुवित्तले एफपीओ निष्काशन गर्दै, विक्री प्रबन्धकमा आरविवि मर्चेन्ट नियुक्त

    काठमाडौं । समता घरेलु लघुवित्तले एफपीओ निष्काशन गर्ने भएको छ । लघुवित्तले आइतबार सुचना जारी गर्दै उक्त निर्णय गरेको हो । 

    लघुवित्तले एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड नियुक्त गरेको छ ।आइतबार उक्त बिक्री प्रबन्धक सम्भौता पत्रमा दुबै पक्षको हस्ताक्षर सम्पन्न भइसकेको छ । 

    समता लघुवित्त र घरेलु लघुवित्त बिच स्वाप रेशियो १००ः८० हुने गरि गाभिएका थियो । लघुवित्तको कुल चुक्ता पूँजी २८ करोड ५६ लाख रुपैयाँको २० प्रतिशत वोनस पश्चात कम्पनीको चुक्ता पूँजी ३४ करोड २७ लाख रुपैयाँ भएको छ ।

    लुघवित्तको शेयर संरचना संस्थापक ७० प्रतिशत र सर्वसाधारण्को ३० प्रतिशत कायम हुने गरि जारी हुन बाँकी नयाँ २ लाख ८९ हजार कित्ता शेयर एफपीओ निष्काशन गर्ने भएको हो ।


    images

    Logo