images
images

सोमबार ६ अर्ब २६ करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैक


  • 441
    SHARES
  • २०७८ फाल्गुण २२ गते आइतबार

    सोमबार ६ अर्ब २६ करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार ६ अर्ब २६ करोडको ट्रेजरी बिल बिक्री गर्दैछ । बैंकले २८ दिन र ९१ दिन गरि दुइ किसिमको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । 

    बैंकले २८ दिन अवधिको लागि २ अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्दैछ । उक्त बिल चैत २२ गते परिपक्व हुनेछ । त्यस्तै, ९१ दिन अवधिको ४ अर्ब २६ करोड रुपैयाँ बराबरको बिल आगामी जेठ २४ गते परिपक्व हुनेछ ।

    यी दुबै अवधिको बिल नवीकरण गरिएको हो । बैंक तथा वित्तीय संस्थाले सोमबार दिउँसो ३ बजेसम्म उक्त बिलका लागि बोलपत्र पेश गर्न सक्नेछन् ।


    images

    Logo