images
images

अब सहकारीले पनि एटीएम कार्ड जारी गर्न पाउने


  • 660
    SHARES
  • २०७८ फाल्गुण २३ गते सोमबार

    अब सहकारीले पनि एटीएम कार्ड जारी गर्न पाउने

    काठमाडौं । सहकारी संस्थाहरूले ‘कोप कार्ड’ ब्राण्डमा एटीएम कार्ड जारी गर्न पाउने भएका छन् । राष्ट्रिय सहकारी बैंकले भुक्तानी सेवा प्रदायक कम्पनी स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी) तथा ग्लोबल आईएमई बैंकसँग सहकार्य गरी एटीएम कार्ड सेवा शुरू गर्न लागेको हो ।  एससीटी, ग्लोबल आईएमई र सहकारी बैंकबीच आइतवार औपचारिक सम्झौता भएको छ ।

    तीन महीनाभित्र सहकारी संस्थाहरूले सदस्यका लागि एटीएम कार्ड जारी गर्न सक्ने सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले जानकारी दिए । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत भुक्तानी प्रणाली सञ्चालक तथा सेवा प्रदायक कम्पनीहरूले सहकारीका सदस्यलाई विद्युतीय भुक्तानी सेवा दिन सक्ने व्यवस्था गरेको थियो । उक्त व्यवस्था अनुसार ठूला केही सहकारीले एससीटीसँग सम्झौता गरी एटीएम सेवा शुरू गरेका छन् ।

    बैंकसँग सम्झौता गरी सहकारीहरूले जारी गर्ने कार्डबाट ग्लोबल आईएमई बैंकका तीन सयभन्दा बढी एटीएम काउन्टरबाट निःशुल्क रकम झिक्न पाइनेछ । यसैगरी कार्डबाट पीओएस ९पोइन्ट अफ सेल०मा पनि तिर्न र डिपार्टमेन्टल स्टोर, सुपरमार्केटहरूमा रकम भुक्तानी गर्न सकिनेछ ।

    हाल केही सहकारीले एससीटीसँग सम्झौता गरी एटीएम सेवा दिए पनि हिमालयन बैंकमार्फत सेटलमेन्ट हुँदै आएको थियो । त्यसका लागि सहकारी संस्थाले निश्चित रकम बैंकको खातामा राख्नुपर्ने बाध्यता थियो । आर्थिक अभियान दैनिकबाट


    images

    Logo