काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले भक्तपुर तथा काभ्रे जिल्लालाई आर्थिक तथा फर्निचर सहयोग गरेको छ । बैंकले न्धामाभक्तपुर जिल्ला सीसीटीभी जडान समितिलाइ १ लाख आर्थिक र काभ्रेमा जेष्ठ नागरिक सेवा केन्दलाई फर्निचर सहयोग गरेको हो ।
उक्त सहयोग रकम बैंकका वागमती प्रदेश प्रमुख दिपेन्द्र बाबु बिष्टले महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रमुख शिवकुमार श्रेष्ठकाे विशेष उपस्थीतीमा परिसर कार्यलयमा भक्तपुर जिल्ला सीसीटीभी जडान समितिका कोषाध्यक्ष नविन प्रजापतीलाइ हस्तान्तरण गरे ।
समितिका कोषाध्यक्षले यस आर्थिक सहयोगबाट भक्तपुर जिल्लाको अपराध अनुसन्धान र अपराध नियन्त्रणलाई प्रमाणमुखी र प्रभावकारी बनाउन मुख्य राजमार्ग, मुख्य मुख्य चोक, सिमानाका तथा प्रहरी चेक पोइन्टहरु समेतमा सीसीटीभी क्यामरा जडान गरी अपराध अनुसन्धान तथा न्यूनिकरण गर्न सहयोगपुग्नेबताएका छन् ।
साथै बैंकको धुलिखेल शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत जेष्ठ नागरिक सेवा केन्द्र, काभ्रे धुलिखेललाई एक दर्जन कुर्सी दुइवटा टेवल र एक थान दराज लगायतका फर्निचर सामान प्रदान गरेको छ ।
जेष्ठ नागरिक सेवा केन्द्रका अध्यक्ष दिलसुन्दर श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो । उक्त अवसरमा बैंकले गीता मन्दिर सरसफाई समेत गरेको थियो । सेञ्चुरी बैंकले काभ्रेमा सातशाखामार्फत सेवा प्रदानगर्दै आएको छ ।


