काठमाडौं । बैंकहरुको निक्षेप एकैदिन ७ अर्ब रुपैयाँले बढ्को छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार सोमबार उक्त परिणाममा निक्षेप बढेको हो ।
फगुन १९ गते ४८ खर्ब ८३ अर्ब रुपैयाँ रहेको निक्षेप २० गते ७ अर्ब रुपैयाँले बढेर ४८ खर्ब ९० अर्ब रुपैयाँमा पुगेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुको निक्षेप फागुन २० मा ७ अर्ब रुपैयाँले बढेको छ । उक्त बैंकको निक्षेप फागुन १९ मा ४३ खर्ब १७ अर्ब रुपैयाँ रहेकोमा २० मा ७ अर्ब रुपैयाँले बढेर ४३ खर्ब २४ अर्ब रुपैयाँमा पुगेको छ ।
त्यस्तै, अन्य बैंक तथा वित्तीय संस्थाहरुको भने फागुन २० गते स्थिर रहेको छ । बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५ खर्ब ६६ अर्ब रुपैयाँ रहेको छ ।
राष्ट्र बैंकका अनुसार बैंकहरुको कर्जा लगानी पनि १ अर्ब रुपैयाँले घटेको छ । १९ मा ४६ खर्ब ९४ अर्ब रुपैयाँ रहेको कर्जा लगानी २० मा १ अर्ब रुपैयाँले घटेर ४६ खर्ब ९३ अर्ब रुपैयाँमा झरेको छ ।
फागुन २० गते वाणिज्य बैंकहरुको कर्जा लगानी २ अर्ब रुपैयाँले घटेको छ । १९ गते ४१ खर्ब ६८ अर्ब रुपैयाँ रहेको कर्जा लगानी फागुन २० मा २ अर्बले घटेर ४१ खर्ब ६६ अर्ब रुपैयाँमा कायम भएको छ ।
फगुन २० गते औसत सीडी रेसियो पनि घटेको छ । १९ गते ९.३९ प्रतिशत रहेको औसत सीडी रेसियो २० गते घटेर ९०.२६ प्रतिशतमा पुगेको छ ।
अन्तरबैंक ब्याजदर भने ६.९९ प्रतिशतबाट रहेको छ ।


