काठमाडौं । सरकारले नेपाल आयल निगमलाई सवा ४ अर्ब रुपैंयाँ दिएको छ । पेट्रोलियम पदार्थको बिक्रीमा रहेको नोक्सानी ब्यहोर्न सरकारले मूल्य स्थिरीकरण कोषबाट उक्त रकम उपलब्ध गराएको हो ।
निगमले भोलि आईओसीलाई पेट्रोलियम पदार्थको रकमको पहिलो किस्ता भुक्तानी गर्दैछ ।
अहिले आईओसीले पठाएको मूल्य अनुसार निगमलाई १५ दिनमा २ अर्ब ५० करोड नोक्सानी रहेको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ अहिले दिन प्रतिदिन बढिरहेको छ ।



