काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले क्यूआरकोडबाट आवश्यक सेवाको विषयमा जानकारी पाउन सकिने सुविधा थपेको छ । नर्भिक अस्पतालले उपलब्ध सबै सेवाको विषयमा जानकारी लिन चाहनेले वेबसाइटमा गएर स्क्रोल गर्नुपर्ने बाध्यता अन्त्य गर्दै क्यूआर कोड स्क्यान गरी ती विषयमा सहजै आवश्यक सबै जानकारी लिनसक्ने विशेषतासहितको सेवा सुरु गरेको हो ।
यो कार्यान्वयनमा आएसँगै अब नर्भिक अस्पतालमा गरिएको ल्याबटेस्टको रिपोर्ट क्यूआर कोड स्क्यान गरी डाउनलोड गर्न सकिनेछ । क्यूआर कोड स्क्यान गरेपछि सोझै ल्याब रिपोर्ट डाउनलोडन गर्ने पेजमा पुगिन्छ ।
नर्भिकले उपलब्ध विशेषज्ञ चिकित्सकहरुको प्रोफाइल समेत क्यूआर कोड स्क्यान गरी हेर्न सकिने सुविधा समेत उपलब्ध गराएको छ । यसैगरी, नर्भिक अस्पतालमा उपलब्ध विभिन्न स्तरका रुमहरुको विषयमा जान्न चाहनेका लागि समेत क्यूआर कोड उपलब्ध रहेको छ ।यस्तै, नर्भिकको ओपिडी र आइपिडी सेवामा उपलब्ध विभिन्न हेल्थ प्याकेजहरुको विषयमा पूरा जानकारीको आवश्यकता पर्नेले समेत वेबसाइटमा अलमलि रहनुपर्ने छैन, सोझै क्यूआर कोड गरे पुग्ने फिचर थपिएको छ ।
नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले अस्पतालको मुख्य वेबसाइटमा यसअघि नै समावेश सूचनाहरुलाई व्यवस्थित गर्न र ती सूचनासम्म छरितो ढंगले सम्बद्ध व्यक्तिको पहुँच स्थापित गर्न क्यूआर कोडको फिचर कार्यान्वयनमा ल्याइएको बताए ।
‘सबै सूचना यसअघि पनि वेबसाइटमा अपलोड नै थियो । तर क्यूआर कोडले वेबसाइट स्क्रोल गर्नुपर्ने बाध्यता हट्यो । सर्टकर्ट बाटो क्रिएट गरिएको मात्र हो,’ उनले भने–‘यसबाहेक नर्भिकले विगतदेखि नै क्यूआर कोड स्क्यान गरेर अस्पतालको बिल तिर्न सकिने सुविधा समेत उपलब्ध गराइरहेकै छ ।’
क्यूआर कोडको फिचर थपिएपछि सूचना चाहने सेवाग्राहीको समयको बचत हुने र सर्टकर्ट विकल्प उपलब्ध हुने भएका कारण सेवा लिनेका लागि सहजता हुने उनको भनाइ छ ।


