काठमाडौं । नेपाल आयल निगमले मार्च महिनाको पहिलो किस्तावापत आईओसीलाई १४ अर्ब ३० करोड रुपैयाँ बुझाएको छ । इन्धन बिक्री गरेवापत आर्जन गरेको १० अर्ब ५ करोड र नपुग ४ अर्ब २५ करोड स्थिरीकरण कोषबाट झिकेर मंगलबार आईओसीलाई बुझाएको हो ।
निगमले हरेक अङ्ग्रेजी महिनाको ८ र २३ तारिखमा आईओसीलाई भुक्तानी गर्दै आएको छ । कच्चा तेलको मूल्य उच्च दरले बढिरहँदा अबका दिनमा आपूर्तिमा चुनौती थपिएको निगमले बताएको छ ।
सरकारले २०७१ चैतदेखि स्वचालित मूल्य प्रणाली लागू गरेपछि पेट्रोलियम पदार्थ र ग्यासको खुद्रा बिक्रीको एक प्रतिशत रकम कोषमा जम्मा गर्दै आएको छ । तर, निगमले आईओसीलाई तिर्न अपुग रकम पनि त्यहीं स्थिरीकरण कोषबाट झिक्दै आएको छ ।


