images
images

सिन्धुलीमा लक्ष्मी बैंकको शाखा सञ्चालन, शाखा संख्या १२९ पुग्यो 


  • 753
    SHARES
  • २०७८ बैशाख ८ गते बुधबार

    सिन्धुलीमा लक्ष्मी बैंकको शाखा सञ्चालन, शाखा संख्या १२९ पुग्यो 

    काठमाडौं । सिन्धुलीमा बैंकको नयाँ शाखा खुलेको छ । शाखा सञ्जाल विस्तारको क्रममा लक्ष्मी बैंकले सिन्धुलीको सुनकोशी गाउँपालिकास्थित रामटारमा नयाँ शाखा विस्तार गरेको हो । यो बैंकको १ सय २९ औं शाखा हो । यो शाखामार्फत् बैकले सम्पूर्ण रिटेल बैकिङ सेवाका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीयप हुँच पु¥याउने लक्ष्य राखेको छ ।

    यो नयाँ शाखाको साथ लक्ष्मी बैंकको सञ्जाल ४८ जिल्लामा १२९ शाखा, ६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १५८ एटीएम, २५०० भन्दा बढी रेमिटेन्स एजेन्ट तथा ६१ शाखारहित बैंकिङ्ग एजेन्ट संख्या पुगेको छ । 

    यो शाखाको साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रामक रुपमा सेवा विस्तार गर्दै आएको छ ।

    यो शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाइको आनुसार शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोबाइल फोनमार्फत् बैंकिङ सेवाप्रदान गरी शहरी तथा अर्धशहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीतिअनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।


    images
    images

    Logo