images
images

हरियो मतपत्रबारे निर्वाचन आयोगले दियो जवाफ


  • 673
    SHARES
  • २०७८ फाल्गुण २६ गते बिहीबार

    हरियो मतपत्रबारे निर्वाचन आयोगले दियो जवाफ

    काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा हरियो रङको मतपत्र राख्नुको कारणबारे जवाफ दिएको छ । आयोगले बिहीबार पत्रकार सम्मेलन गर्दै मतगणनामा सजिलो होस् भन्ने उद्देश्यले बाहेक हरियो रङको प्रयोग गरेको स्पष्टीकरण दिएको हो।  

    २०७४ सालको चुनावमा निलो रङको मतपत्र प्रयोग भएको र स्वस्तिक छापमा प्रयोग हुने मसी पनि निलो नै भएकाले मतगणनामा अप्ठेरो परेकाले यसपटक फरक रङको मतपत्र प्रयोग गर्न खोजिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।

    निर्वाचन आयोगले हरियो रङको मतपत्र प्रयोग गरेर मतदातालाई झुक्याउन खोजेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले आपत्ति जनाएपछि आयोगबाट यस्तो जवाफ आएको हो। सोहीक्रममा आयोगले यदि कसैलाई शंका लागेमा त्यसबारे प्रष्ट पार्न आयोग तत्पर रहेको पनि उल्लेख गरेको छ।


    images

    Logo