images
images

२०७९ मा बढ्यो सार्वजनिक बिदा, यस्तो छ नयाँ तालिका


  • 1.4K
    SHARES
  • २०७८ फाल्गुण २६ गते बिहीबार

    २०७९ मा बढ्यो सार्वजनिक बिदा, यस्तो छ नयाँ तालिका

    काठमाडौं । २०७९ सालमा सार्वजनिक विदा हुने दिन बढेको छ । बिहीबार राजपत्रमा सूचना प्रकाशन गर्दै सरकारले यस्तो बिदा बढाएको हो । 

    यसमध्ये ५२ दिन शनिबार पर्नेछ । दशैंमा ५ दिन र तिहारमा ४ दिन बिदा घोषणा गरिएको छ । त्यसबाहेक अन्य १६ दिन पर्व विदा दिइएको छ । 

    हरितालिका तिजमा महिला र जितिया पर्वमा सम्बन्धित समुदायका महिलाले बिदा पाउनेछन् । काठमाडौंमा इन्द्रजात्रा, गाइजात्रा, मच्छेन्द्रनाथ जात्राको भोटो देखाउने दिन र घोडे जात्राको दिन बिदा हुनेछ । 

    दिवस अन्तर्गत मजदूर दिवस, गणतन्त्र दिवस, संविधान दिवस, राष्ट्रिय प्रजातन्त्र दिवस र नारी दिवसको दिन बिदा दिइएको छ । 


    images

    Logo