images
images

निर्माण व्यवसायी महासंघको अध्यक्षमा ३ जनाको प्रतिस्पर्धा


  • 503
    SHARES
  • २०७८ फाल्गुण २९ गते आइतबार

    निर्माण व्यवसायी महासंघको अध्यक्षमा ३ जनाको प्रतिस्पर्धा

    काठमाडौं । निर्माण व्यवसायी महासंघको नयाँ कार्यसमितिका लागि अहिले मतदान भइरहेको छ । काठमाडाैंकाे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा अहिले कतादान भइरहेको छ । 

    महासंघका अध्यक्षका लागि तीन जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा हालका अध्यक्ष रवि सिंह, वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे र हुमनाथ कोइरालाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

    महादेव खिम्ती निर्माण सेवाका सञ्चालक हुन् । वरिष्ठ उपाध्यक्ष पाण्डे कालिका कन्स्ट्रक्सनको सञ्चालक हुन् । राप्रपा उपाध्यक्ष बिक्रम पाण्डेका छोरा समेत हुन् । कोइराला बिकोइ बिल्डर्सका सञ्चालक हुन् । 

    कोइराला कांग्रेस निकट लोकतान्त्रिक निर्माण व्यवसायी संघका अध्यक्ष हुन् । उनको उम्मेदवारीले सिंहको भोटमा असर गर्ने देखिएको छ । 


    images

    Logo