images
images

८१ दिनपछि कारोबार हुने भयो विशाल बजारको शेयर दोस्रो बजारमा

  • 574
    SHARES
  • २०७८ बैशाख ८ गते बुधबार

    ८१ दिनपछि कारोबार हुने भयो विशाल बजारको शेयर दोस्रो बजारमा

    कम्पनीले आर्थिक वर्ष २०७३/७४ देखि २०७६/७७ सम्मको लेखापरीक्षण हुन छ । उक्त आर्थिक वर्षको वित्तीय विवरण र चालु आर्थिक वर्ष २०७७/७८ को पुस मसान्तसम्मको वित्तीय विवरण र अन्य अपरिकृत त्रैमासिक तथा अर्धवार्षिक विवरणहरु नेप्सेको वेबसाइटमा अपलोड गरेको छ ।’ 

    काठमाडौं । भोलि बिहीबारबाट नेपाल स्टक एक्चेञ्ज (नेप्से) ले विशाल बजार कम्पनीको शेयर कारोबार गर्न दिने भएको छ । नेप्सेले ८१ दिनपछि उक्त कम्पनीले शेयर करोबार फुकुवा गरेको हो । कम्पनीले विगत ४ वर्षदेखि वित्तीय विवरण पेश नगरेका कारण नेप्सेले उक्त कम्पनीको शेयर कारोबार जनवरी ३१ देखि रोक लगाएको थियो । 

    रोक्का रहेको कम्पनीको शेयर नेप्सेले बुधबार फुकुवा गरेको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र साउदले जानकारी दिए । ‘ विशाल बजार कम्पनीले विगत ४ वर्षदेखिको लेखा परीक्षण प्रतिवेदन बुझाएको थिएन,’ उनले भने ‘अहिले पुस मसान्तसम्मको अपरिस्कृत विवरण नेप्सेको वेवसाइटमा अपलोड गरेपछि शेयर कारोबार फुकुवा गरिएको हो । 

    कम्पनीले आर्थिक वर्ष २०७३/७४ देखि २०७६/७७ सम्मको लेखापरीक्षण हुन छ । उक्त आर्थिक वर्षको वित्तीय विवरण र चालु आर्थिक वर्ष २०७७/७८ को पुस मसान्तसम्मको वित्तीय विवरण र अन्य अपरिकृत त्रैमासिक तथा अर्धवार्षिक विवरणहरु नेप्सेको वेबसाइटमा अपलोड गरेको छ ।’ 

    कम्पनी ऐन र धितोपत्र बोर्डले जारी गरेका ऐन, नियम तथा निर्देशन भित्र रहेर कार्य सम्पादन गर्न सचेत गराउँदै दोस्रो बजारमा शेयर कारोबार फुकुवा गरिएको नेप्सेका सीईओ साउदले जानकारी दिए । विशाल बजारको दोस्रो बजारमा कारोबार भएको अन्तिम दिन जनवरी ३१ तथा माघ १८ गते प्रतिशेयर मूल्य २८ सय ८० रुपैयाँमा थियो । विशाल बजारको कम्पनीको नेप्सेमा ४ लाख ९१ हजार चार सय कित्ता शेयर लिष्टिङ भएको छ । 

    images

    Logo