images
images

कोरिया भाषा परीक्षाको आवेदन खुल्यो, १० हजारलाई कोरिया पठाइने


  • 778
    SHARES
  • २०७८ फाल्गुण ३० गते सोमबार

    कोरिया भाषा परीक्षाको आवेदन खुल्यो, १० हजारलाई कोरिया पठाइने

    काठमाडाैं । नेपाल सरकारले रोजगार अनुुमति प्रणाली (ईपीएस)मार्फत कामदार दक्षिण कोरिया पठाउन ९ हजार ६ सय ५४ जनाको आवेदन खुला गरेको छ  । सोमबार सुचना जारी गर्दै वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस शाखाले आवेदन माग गरेको हो । 

    सो शाखाका अनुसार २०२२ र २०२३ मा दक्षिण कोरियाले उत्पादनतर्फ ६ हजार ९ सय १४ हजार र कृषि तथा पशुपालनतर्फ दुई हजार ७ सय ४१ श्रमिक लैजाने भएका छन । एक व्यक्तिले एउटा क्षेत्रमा मात्रै आवेदन दिन पाउने व्यवस्था छ ।  जुन क्षेत्रका लागि परीक्षा आवेदन फाराम भरेको हो, भाषा परीक्षा उत्तीर्ण भएपछि त्यही क्षेत्रमा मात्र रोजगार आवेदन फाराम भर्नुपर्नेछ ।

     सो शाखाका निर्देशक पुुष्पराज कटुुवालले कृषि तथा पशुुपालनतर्फ छनोट भएका व्यक्तिले सन् २०२२ भित्रै दक्षिण कोरिया पुुगेर काम सुुरु गर्न सक्नेछन् भने उत्पादनतर्फ छनोट भएका व्यक्तिले सन् २०२३ मा काम सुरु गर्ने जानकारी दिए । ईपीएसको आवेदनसँगै खुलाए पनि कृषितर्फको परीक्षा छिटो सञ्चालन गरिने उहाँले जानकारी दिए ।

     यस पटक कृषिबाट जाने श्रमिकका लागि परीक्षा ट्यापको माध्यमबाट परीक्षा सञ्चालन गर्ने तयारी भएको निर्देशक कटुवालले बताए उनका अनुसार ट्यापको माध्यमबाट लिइने उक्त परीक्षामा दैनिक २ सय जना सहभागी हुन सक्ने गरी व्यवस्था गरिएको छ । परीक्षाका लागि सबै व्यवस्थापन नेपालको ईपीएस शाखाले गरे पनि परीक्षा भने दक्षिण कोरिया श्रम तथा मानव संसाधन मन्त्रालयअन्तर्गतको मानव संसाधन विभाग  (एचआरडी) कोरियाले गर्नेछ । 

    दक्षिण कोरियाले नेपालसहित १६ देशबाट ईपीएसअन्तर्गत रहेर श्रमिक आयात गर्दै आएको छ । अन्य देशको तुलनामा नेपाली श्रमिक मेहनती र इमानदार हुने भन्दै पहिलो प्राथमिकतामा राखेर देखिन्छ ।  नेपालबाट सन् २००८ देखि ईपीएसमार्फत डेढ लाखको हाराहारीमा प्रशिक्षार्थी श्रमिक कोरिया गइसकेका छन । आकर्षक कमाइ हुने भएकाले दक्षिण कोरिया जान खोज्ने युवाको सङ्ख्या बर्सेनि बढ्दो छ । 


    images

    Logo