काठमाडौं । क्रिष्टोकरेन्सीको कारोबार गर्नेप्रति नेपाल दूरसञ्चार प्राधिकरण राष्ट्र बैंकभन्दा कठोर देखिएको छ । राष्ट्र बैंकले क्रिष्टोकरेन्सी कारोबार गर्नु गैरकानूनी भन्दै यस्ता कारोबारबाट प्राप्त हुने शंकास्पद आम्दानीमा कडाइ गरिहरेको बेला प्राधिकरणले यससँग सम्बन्धित वेभसाइट र एप्लिकेसन खोल्न समेत प्रतिबन्ध लगाएको हो ।
नेपाल दूरसञ्चार प्राधिकरणले आफू अन्तर्गतका इन्टरनेट सेवा प्रदायकलाई क्रिष्टो करेन्सीसँग सम्बन्धित वेभसाइट र एप्लिकेसन नेपालबाट खुल्न समेत नसक्ने व्यवस्था गर्न निर्देशन दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्णय कार्यान्वयन गर्न यस्तो निर्देशन दिइएको प्राधिकरणे प्रष्ट पारेको छ ।
यो निर्देशन लागु भएसँगै यस्ता एप्लिकेसनहरु नेपालभित्र खोलेर हेर्न समेत सकिँदैन ।


