images
images

स्वास्थ्य सेवा सप्ताह सकियो, मृत्युपछिको अंगदानबारे ऐतिहासिक उपलब्धि


  • 847
    SHARES
  • २०७८ चैत्र १ गते मंगलबार

    स्वास्थ्य सेवा सप्ताह सकियो, मृत्युपछिको अंगदानबारे ऐतिहासिक उपलब्धि

    काठमाडौं । सप्ताहव्यापी रुपमा मनाइएको स्वास्थ्य सेवा सप्ताह आजदेखि सकिएको छ । विश्व मिर्गौला दिवसदेखि सुरु भएको सो सप्ताह आज विभिन्न कार्यक्रम गरी सम्पन्न भएको हो । 

    साप्ताहको अवसरमा सरकारले स्वास्थ्योपचार र मृत्युपछिको अंगदानको सम्बन्धमा ऐतिहासिक निर्णय गरेको छ । नेपाल सरकार मन्त्रिपरिषद्मा अहिले रहेका सबै मन्त्रीहरुले मृत्यु वा मस्तिष्क मृत्युपछि अंगदान गर्ने घोषणा गरेका छन् । 

    त्यस्तै, यो सप्ताहकै बीचम मन्त्रिपरिषद्ले ५० वर्ष भन्दा माथिका सबै नागरिकको निःशुुल्क स्वास्थ्य परीक्षण गर्ने निर्णय समेत गरेको छ । वर्षको १ पटक कलेजो मिर्गौला लगायतको स्वास्थ परीक्षण समेत निःशुल्क गर्ने निर्णय गरिएको हो ।

    स्वास्थ्य सेवा सप्ताहको अवसरमा शहीद भर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले पत्रकार सम्मेलन गर्दै सप्ताहव्यापी कार्यक्रमलाई फलदायी बनाउन सहयोग गर्ने नेपाल सरकार मन्त्रिपरिष्द्, स्वास्थ्यमन्त्री विरोध खतिवडा, स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङ, स्वास्थ्यसचिव देवीकुमारी गुरागाइँ लगायतप्रति आभार समेत व्यक्त गरेको छ । 

    प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठको विशेष पहलमा यो उपलब्धी हासिल हुन सम्भव भएको भन्दै केन्द्रले उनीप्रति समेत आभार व्यक्त गरेको छ ।  


    images

    Logo