काठमाडौं । बैंक अफ काठमाण्डूले जारी गर्न लागेको १ अर्ब १० करोड रुपैयाँ बराबरको डिबेञ्चर बिक्रीका लागि एनआईबीएल एस क्यापिटल बिक्री प्रबन्धकको रुपमा नियुक्त भएको छ । बैंकले १ हजार रुपैयाँ अंकित ११ लाख कित्ता डिबेञ्चर बिक्रीका लागि दुई संस्थाबीच समझदारी भएको हो ।
उक्त सम्झौतामा बैंक अफ काठमाण्डू लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रवण लाल मास्के र एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले बिहीबार हस्ताक्षर गरेका छन् ।
बि.ओ.के डिबेन्चर २०८६ (क) नाम दिइएको उक्त ऋणपत्रको परिपक्व हुने अवधि ७ वर्ष रहेको छ । सो डिवेञ्चरमा लगानी गर्नेले १०.५० प्रतिशतका दरले ब्याज पाउनेछन् ।