काठमाडौं । नेपाल टेलिकमले फागु पर्वको अवसरमा अनलिमिटेड डाटासहितको अफर ल्याएको छ । बिहीबारदेखि १५ दिनका लागि यस्तो अफर ल्याइएको हो ।
अफर अन्तर्गत ६९ रुपैयाँमा २४ घण्टाका लागि आलिमिटेड डाटा चलाउन पाइनेछ । उक्त डाटाको गति १ एमबीपीएसको हुनेछ । त्यस्तै, ९८ मा ६ जीबी डाटा उपलब्ध हुनेछ । यस्तो डाटा ३ दिनसम्म चलाउन सकिनेछ । त्यस्तै, २ सय ९४ रुपैयाँमा १० दिनका लागि २० जीबी डाटा उपलब्ध हुनेछ ।
यो अफर ८ज्ञद्धज्ञछ८ज्ञज्ञ३ डायल गरेर वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरेर प्राप्त गर्न सकिनेछ ।