काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल मट्टिेतेल र हवाई इन्धनको मूल्य बढाएको हो ।
पेट्रोल, डिजेल र मट्टितेलमा ५ -५ रुपैयाँ, आन्तरिक हवाइ इन्धनमा १५ रुपैयाँ र बाह्य हवाई इन्धनमा प्रति किलोलिटर २ सय अमेरिकी डलर मूल्य बढाइएको छ । एलपी ग्यासको मूल्य यथावत राखिएको छ ।
योसँगै पेट्रोल १ सय ५५ रुपैयाँ, डिजेल र मट्टितेल १ सय ३८ रुपैयाँ, हवाई इन्धन १ सय ५१ रुपैयाँ पुगेको छ ।