काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले बिओके डिबेन्चर २०८६ (क), ऋणपत्र निष्काशनको लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । बैंकले ऋणपत्र निष्काशन गर्न एनआईबिएल एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको हो ।
बैंकले १ हजार रुपैयाँ अंकित दरको ११ लाख कित्ताले हुन आउने १ अर्ब १० करोड रुपैयाँ बराबरको बिओके डिबेन्चर २०८६ (क), ऋणपत्र जारी गर्नेछ ।