काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम भुक्तानी खल्तीबाट गर्न सकिने भएको छ । यो सेवाले डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्न सजिलो बनाउने उद्देश्य थालनी गरेको हो । यो सेवाले समयको कमीका कारण ढिलो भुक्तानी गर्ने वा अफिस जानको लागि समय निकाल्ने ग्राहकहरूका लागि केही ट्यापमै बिल भुक्तानीलाई सजिलो बनाउने लक्ष्य राखेको छ ।
यस सुविधा बारे बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “हाम्रा प्रयोगकर्ताहरूले डिजिटल बानी अपनाउन यस प्रकारको कुनै पनि प्रकारको वित्तीय लेनदेनहरू निर्वाध रूपमा कार्यान्वयन गर्न सक्ने सुनिश्चित गर्न काम गरिरहेका छौं र उनीहरूले समय र पैसा दुवै बचत गर्न सकून ”, उनकाे भनाइ छ । भने खल्ती’ नेपाली फिनटेक उद्योगमा एक फरक एवम् नविन पहिचान बोकेको ब्रान्ड हो ।
२० लाख भन्दा बढि प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरुको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ्ग, बिमा प्रिमियम तथा अनलाईन सपिङ्ग साईटमा भुक्तानी गरिनुका साथै सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ । यसका साथै विभिन्न क्यासब्याक तथा छुट प्रदान गरि प्रयोगकर्ताहरुलाई समयको साथै पैसाको बचतमा पनि ‘खल्ती’ले योगदान दिँदै आएको छ ।


