काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हेल्थ असिस्टेण्ड र स्टाफ नर्स पदका लागि कर्मचारी माग गरेको छ । मन्त्रालयले आइतबार सुचना जारी गर्दै सो पदमा कर्मचारी माग गरेको हो ।
मन्त्रालयले राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ जारी गरि देशभर छरिएर रहेका एम्बुलेन्सलाई एकद्वार प्रणली बाट परिचालन गर्न राष्ट्रिय प्रेषण केन्द्र स्थापना गरेको छ । उक्त केन्द्र सञ्चालन गर्नको लागि मन्त्रालयले आवेदन माग गरेको हो ।
इच्छुक नागरिकले चैत १२ गतेसम्म आवेदन दिइसक्नु पर्नेछ ।


