images
images

लगानी बोर्ड नेपाल र युएनडीपी बीच सम्झौतापत्रमा हस्ताक्षर 


  • 465
    SHARES
  • २०७८ चैत्र ८ गते मंगलबार

    लगानी बोर्ड नेपाल र युएनडीपी बीच सम्झौतापत्रमा हस्ताक्षर 

    काठमाडौं। लगानी बोर्ड नेपाल र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) बीच आज सम्झौता भएको छ । मंगलबार साझा हितका क्षेत्रमा सहकार्य गर्ने उद्धेश्यसहित यी दुबै कम्पनीको तर्फबाट समझदारीपत्र मा हस्ताक्षर सम्पन्न भएको हो ।

    समझदारीपत्रमा लगानी बोर्डको तर्फबाट बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र यूएनडिपीका तर्फबाट आइसानी मेदागान्गोदा लाबेले हस्ताक्षर गरेका थिए। समझदारीपत्रमा संस्थागत क्षमता अभिवृद्धि गर्ने, सार्वजनिक निजी साझेदारी र निजी लगानी प्रवर्द्धनमा सहकार्य गर्ने कुरा उल्लेख गरिएको छ। 

    नेपालमा सार्वजनिक(निजी साझेदारी, निजी क्षेत्रको लगानी र समिश्रित वित्तका माध्यमबाट लगानी प्रवर्द्धन गर्दै वित्तीय न्यूनतालाई पूर्ति गरी दिगो विकास लक्ष्य हासिल गर्न यो सहकार्यले सहयोग पुर्‍याउने जनाइएकाे छ। परियोजना विकासमा सामाजिक र वातावरणीय प्रभाव मूल्याङ्कन मापदण्ड, परियोजना विकास सम्झौतार परियोजना लगानी सम्झौता निर्माणमा अध्ययन अनुसन्धान गर्ने र त्यस्तो कार्यको लागि सहयोग स्थापित गर्ने कुरा समेत उक्त समझदारीपत्रमा उल्लेख गरिएको छ । 

    लगानी बोर्डको सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन विकास गर्न सहकार्य गर्ने लगायतका अन्य सहकार्य गर्न सकिने क्षेत्रमा संयुक्त रुपमा अघि बढ्ने समेत समझदारीपत्रमा उल्लेख छ। लगानी बोर्डको कार्यालयमा आयोजित हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले यस समझदारीले नेपालमा लगानी प्रवर्द्धनमा आशाहरुको सिर्जना गर्ने बताए । 

    त्यसका लागि बोर्डको आन्तरिक क्षमता बृद्धि गर्ने, लगानीकर्ताका जोखिमहरु न्यूनीकरण गर्ने, अनुमानयोग्यता प्रवर्द्धन गर्ने कार्यमा सहयोग आदान प्रदान हुने पक्षमा जोड दिए। उनले लगानी बोर्डलाई उत्कृष्टताको केन्द्रका रुपमा अघि बढाउन आन्तरिक रुपमा कार्य गरिरहेको बताउँदै  निर्माण गर्ने, कार्यविधि तय गर्ने कार्यले संगठनात्मक रुपमा परिवर्तन व्यवस्थापन गर्दै अघि बढ्न अत्यन्त सहज हुने आशा व्यक्त गरे ।

    यसै गरी संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम नेपालका आवासीय प्रतिनिधि लाबेले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले विश्वका १ सय ७० भन्दा बढी देशमा सहकार्य गरिरहेको जानकारी गराउँदै नेपाल विकासशील देशमा स्तरोन्नति हुँदै गरेको वर्तमान सन्दर्भमा लगानी बोर्ड नेपालसँगको सहकार्यले तीन तहकै सरकारकाक्षमता विकासमा सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

    उनले युएनडिपीले आगामी पाँच वर्षका लागि नेपाल सम्बन्धी रणनीतिक योजना तयार गरिरहेको जानकारी दिँदै शासकीय क्षेत्र, लैङ्गिक क्षेत्र, समावेशी आर्थिक बृद्धि जस्ता क्षेत्रमा नेपालसँग सहकार्य गर्ने उल्लेख गर्दै यसले नेपालजस्तो बिविधता भएको देशमा यसले सकारात्मक प्रभाव पार्ने आशा व्यक्त गरे ।

    उक्त कार्यक्रममा लगानी बोर्डको कार्यालयका सहसचिव भगवान अर्याल लगायत अन्य कर्मचारी एवं परामर्शदाताहरु र युएनडिपी नेपालका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।


    images

    Logo