images
images

बैंक अफ काठमाण्डूले ल्यायो हेल्पलाईन सेवा 


  • 483
    SHARES
  • २०७८ चैत्र ८ गते मंगलबार

    बैंक अफ काठमाण्डूले ल्यायो हेल्पलाईन सेवा 

    बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो ग्राहकहरुका लागि हेल्पलाईन सेवा सुचारु गरेको छ । बैंकले आफ्नो ग्राहकहरुलाई बैंकिङ्ग कारोबारमा सहज गराउनका लागि साथै बैंकको डिजिटल सेवा तथा सुबिधाहरुको जानकारीका लागि हेल्पलाईन स्थापना गरेको हो । 

    यस हेल्पलाईन सेवा अन्र्तगत ग्राहकहरुले बैंकको कुनैपनि डिजिटल कारोबारहरुको कुनै जिज्ञासा भएमा यस बैंकको सहयोग कक्षबाट फोन वा इमेलको माध्यमबाट सहयोग लिन सक्नेछन् ।

    बैंकको मोबाईल बैंकिङ्ग (बीओके स्माट), इन्टरनेट बैंकिङ्ग (बीओके क्लीक), क्यूआर कोर्ड, डेबिट कार्ड, क्रेडिट कार्ड, एटिएम तथा पीओएसको कारोबारमा केहि समस्या आएमा बैंकका ग्राहकहरुले हेल्पलाईन नम्बर ०१–५९१९९११ वा इमेल ठेगाना helpline@bok.com.np बाट सिधै सहयोग लिन सक्नेछन् । 

    बैंकले सार्वजनिक गरेको यस हेल्पलाईन सेवाले ग्राहकहरुको बैंकिङ्ग कारोबारमा तथा डिजिटल कारोबारमा अझै सहजता बनाउने विश्वास बैंकले लिएको छ । हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ । 


    images

    Logo