images
images

फलामे छडको मूल्यवृद्धिकाे कारण पेस गर्न उपभोक्ता विभागको निर्देशन


  • 611
    SHARES
  • २०७८ चैत्र ९ गते बुधबार

    फलामे छडको मूल्यवृद्धिकाे कारण पेस गर्न उपभोक्ता विभागको निर्देशन

    काठमाडौं । वाणिज्य,आपुर्ति तथा उपभोक्ता विभागले फलामे छड (डन्डी)को भाउ बढ्नुका कारण पेस गर्न डन्डी उद्योगीलाई  निर्देशन दिएको छ ।डन्डीको भाउ बढेको गुनासो आउन थालेपछि विभागले डन्डी उद्योगीलाई बढ्नुको कारण आवश्यक कागजातसहित उपस्थिति  हुन निर्देशन दिएको हो ।

    निर्माण व्यवसायीले मूल्य बढ्यो भन्दै विभागमा उजुरी गरेपछि विभागले मङ्गलबार उद्योगीसँग गरेको छलफलपछि यस्तो निर्देशन   दिएको विभागले जनाएको छ । विभागका अनुसार छलफलमा नेपाल स्टील रोलिङ मिल एसोसिएसनका अध्यक्ष साहिल अग्रवालको  नेतृत्वमा तीन÷स्टल उद्योग सञ्चालनको सहभागिता रहेको थिया । 

    छलफलमा सहभागी उद्योगीले डन्डीको मूल्य बढ्नुका कारण नेपाली उद्योगीले गर्दा नभएर विदेश आउन कच्चा पदार्थको मूल्य बढेको  बताएको विभागले जनाएको छ । कोभिडपछि डन्डीको भाउ नेपालमा मात्रै नभई, अन्तर्राष्ट्रिय बजारमै बढेको देखिन्छ । विभागका बजार निरीक्षण अधिकृत धनेश्वर पौडेलले डन्डी उद्योगीसँगको छलफलपछि डन्डीको मूल्य बढ्नुको कारणसहितका कागजातका प्रमाण पेस गर्न निर्देशन दिएको जानकारी दिए । 

    डन्डीको  मूल्य अन्तर्राष्ट्रियस्तरमै महँगो भएको विभागको अनुगमनबाट पनि पाइएकाले कति बढ्नुपथ्र्यो र कति बढ×ो भन्नेमात्रै अहिलेको  खोजीको विषय भएको उनको भनाइ छ । पौडेलले पछिल्ला दुई/तीन महिनामा डन्डीको मूल्य प्रतिकेजी ३० देखि ३५ रुपैयाँसम्म बढेको पाइएकाले यसको जवाफमा रिपोर्टमा आउने विश्वास व्यक्त गरे । निर्माण व्यवसायीले भने डन्डीमा महिनैपिच्छे मूल्य वृद्धि भएको भन्दै विरोध गर्दै आएका छन् । रुस–युुक्रेनको युुद्ध र डलर वृद्धिका कारण देखाउँदै निर्माण सामग्रीमा एकतर्फी रूपमा कार्टेलिङ गरी अत्यधिक रूपले मूल्यवृद्धि गरिएको निर्माण व्यवसायीको दाबी छ ।


    images

    Logo