images
images

प्रहरीमा थप गरिएका ३ वटा पदमा बढुवाको प्रक्रिया सुरु


  • 544
    SHARES
  • २०७८ चैत्र ९ गते बुधबार

    प्रहरीमा थप गरिएका ३ वटा पदमा बढुवाको प्रक्रिया सुरु

    काठमाडौं । नेपाल प्रहरीमा थप गरिएका ३ वटा पदका लागि अब बढुवाको प्रक्रिया सुरु भएको छ । यो प्रक्रिया सुरु भएसँगै प्रहरीमा वरिष्ठ प्रहरी नायब निरीक्षक (वसई), वरिष्ठ प्रहरी हबल्दार (वह) र सहायक हबल्दार (सह)मा बढुवाको बाटो खुलेको हो।

    सरकारले प्रहरी कर्मचारी नियमावली(२०७१ संशोधन स्वीकृत गरेसँगै थप गरिएका पदमा बढुवाका लागि बाटो खुलेको हो । केन्द्रीय प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) विष्णुकुमार केसीले अबको १०/१५ दिनभित्र पदोन्नति गरिसक्ने बताए । तल्लो दर्जाका प्रहरी कर्मचारीलाई प्रोत्साहनस्वरूप आत्मबल बढाउन तीनवटा नयाँ पद सिर्जना गरिएको हो । कार्यसम्पादन मूल्याङ्कन भन्दा वरिष्ठताका आधारमा पदोन्नति तथा बढुवामा सिफारिस गरिने भएको छ।

    प्रवक्ता केसीले भने, “कारबाहीमा परेकाबाहेक प्रबल दाबेदारलाई वरिष्ठताकै आधारमा ब्याचुअनुसार बढुवा गर्ने तयारी भइरहेको छ । पदोन्नति भएकाहरू दर्ज्यानी चिह्न पहिरिएर २०७९ वैशाख ३० गते हुने निर्वाचनको सुरक्षामा खटिने छन् ।

    वरिष्ठ सईमा एक हजार ४ सय १८, वरिष्ठ हबल्दारमा ३ हजार ७ सय ४८ र सहायक हबल्दारमा १५ हजार २ सय ४१ जनाको दरबन्दी स्वीकृत भएको छ । त्यस्तै सईको दरबन्दी दुई हजार ८ सय ७८, हबल्दारको ११ हजार २ सय ४१ र सिपाहीको ३० हजार ९ सय ६६ कायम गरिएको छ । करिब ७६ हजार प्रहरी जनशक्ति रहेको छ ।


    images

    Logo