images
images

शुक्रबार नयाँ ट्रेड युनियन घोषणा हुँदै, जीफन्टका ७०% मजदूर आएको दाबी


  • 1.9K
    SHARES
  • २०७८ चैत्र ९ गते बुधबार

    शुक्रबार नयाँ ट्रेड युनियन घोषणा हुँदै, जीफन्टका ७०% मजदूर आएको दाबी

    काठमाडौं  । नेपाल ट्रेड युनियन महासंघ (जीफन्ट) बाट बिद्रोह गरेका श्रमिक तथा नेताहरुले शुक्रबार नयाँ ट्रेड युनियन महासंघको घोषणा गर्दैछन् । नेकपा एकीकृत समाजवादी पार्टीको शुभेच्छुक संगठनको रुपमा एकीकृत ट्रेड युनियन महासंघ (आईसीटीयू) नामको नयाँ महासंघ आधिकारिक कार्यसमितिको घोषणा गर्न लागिएको हो । महासंघको नेतृत्व विष्णु लम्सालले गर्दैछन् । 

    शुक्रबार काठमाडौंको थापागाउँस्थित बानेश्वर ब्वयाङ्क्विटमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा उक्त ट्रेड युनियन महासंघको घोषणा गर्ने महासंघका महासचिव दीपक पौडेलले जानकारी दिए । महासंघ घोषणाका लागि सबै कानूनी तथा सांगठनिक प्रक्रिया समेत पूरा भइसकेको उनले बताए । शुक्रबार महासंघसँगै १६ वटा घटक संगठनको समेत एकैसाथ घोषणा हुँदैछ । 

    एमालेबाट छुट्टिएर माधव कुमार नेपाल नेतृत्वमा एकीकृत समाजवादी पार्टी गठन भएपछि सो पार्टीनिकट विचार बोक्ने नेताहरुले जीफन्टबाट विद्रोह गरी नयाँ महासंघ स्थापनाको गृहकार्य अघि बढाएका थिए । यद्यपि यो प्रक्रिया पूरा गर्न जीफन्टबाट विभिन्न अवरोधको प्रयास पनि आरोप आईसीटीयूको छ । यद्यपि विभिन्न मुद्दा मामिलापछि महासंघको आधिकारिक घोषणा गर्न लागिएको हो । 

    यो महासंघमा जीफन्टमा यसअघि रहेका ७० प्रतिशत भन्दा बढी श्रमिकहरु आवद्ध हुने आईसीटीयू अन्तर्गतकै एकीकृत यातायात मजदूर संगठनका अध्यक्ष रवि केसीको दाबी छ । जीफन्टले श्रमिकको पक्षमा काम गर्न छाडेपछि बाध्यात्मक रुपमा नयाँ नाममा महासंघको पुनर्गठन गर्नुपरेको भन्दै उनले वास्तविक श्रमिकहरु अधिकांश यही महासंघमा आउने दाबी गर्छन् । विष्णु रिमालबाहेक सबै पूर्वअध्यक्ष नवगठित महासंघको समर्थनमा रहेको समेत उनको भनाइ छ । 


    images

    Logo