images
images

मेगा बैंकले जित्यो एकैसाथ दुई अन्तर्राष्ट्रिय अवार्ड, सीईओ खुञ्जेलीलाई उत्कृष्ट अवार्ड


  • 420
    SHARES
  • २०७८ चैत्र ९ गते बुधबार

    मेगा बैंकले जित्यो एकैसाथ दुई अन्तर्राष्ट्रिय अवार्ड, सीईओ खुञ्जेलीलाई उत्कृष्ट अवार्ड

    मेगा बैंक नेपाल लिमिटेडले एकैसाथ दुई वटा अन्तर्राष्ट्रिय अवार्ड जितेको छ । सिंगापुरको वल्र्ड बिजनेश आउटलुकले प्रदान गर्ने दुई अवार्डबाट मेगा बैंक एकैसाथ सम्मानित भएको हो । मेगा बैंकले संस्थागत रुपमा ‘बेष्ट सीएसआर कमर्शियल बैंक नेपाल अवार्ड २०२२’ प्राप्त गरेको छ । त्यस्तै, भने सीईओ खुञ्जेलीले ‘वुमन बैंकिङ सीईओे अफ दि एयर अवार्ड, २०२२’ जितेकी छिन् ।

    संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत नेपालको बिभिन्न सामाजिक क्षेत्रमा मेगा बैंकले उत्कृष्ट योगदान गरेबापत यस्तो अवार्ड प्राप्त गरेको हो । स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्व वहनलाई समुदायमा बैंक र यसको सोचलाई स्थापित गराउँदै आएको मेगा बैंकले गत आर्थिक बर्ष १ करोड ३५ लाख कोभिडको रोकथाम तथा उपचारका निमित्त राष्ट्रिय तथा प्रादेशिक कोषहरुमा उपलब्ध गराएको थियो । यस वर्ष संघीय, प्रादेशिक वा पालिकास्तरीय अस्पतालहरुको आकस्मिक कक्ष तथा बालकक्षको सुधार उपचारार्थ खर्च गर्ने नीति लिएको छ । 

    शिक्षामा बालिकाहरुको पहँुचलाई स्थापित गर्दै महिला सशक्तिकरणमा टेवा पु¥याउन र मेगा बैंकमै रोजगारीको अवसर सृजना गर्न बैंकले “एक शाखा दुई छोरी” कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयहरुमा कक्षा १ देखि १२ सम्म अध्ययनरत ३ सय ९० जना छात्राहरुलाई वार्षिक रुपमा ४३ लाख रकम बराबरको छात्रवृति उपलब्ध गराएको छ । यो छात्रवृतिले शाखा सञ्चालित वडा–पालिकामा मेगा बैंकलाई जनताको बैंकको रुपमा स्थापित गरेको छ भने मेगा बैंकले “बैंक अफ दि इयर २०१९” नामक अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्दा प्रमुख आधारशिला बनेको थियो । 

    यसैगरी, नेपालको ‘क’ वर्गको बाणिज्य बैंकको प्रथम महिला सिइआको इतिहास बनाएकी सीईओ अनुपमा खुञ्जेलीलाई मेगा बैंकको सफल नेतृत्व गरी नेपालको बैंकिङ क्षेत्रमा अतुलनीय योगदान गरेबापत ‘वुमन बैंकिङ सीईओ अफ दि एयर अवार्ड, २०२२’ प्रदान गरिएको वल्र्ड बिजनेश आउटलुकले जनाएको छ । नेपालबाट यो अवार्ड जित्ने मेगा बैंक र सीईओ खुञ्जेली मात्रै हुन् । 

    खुञ्जेलीले यसैबर्ष ‘बेस्ट फिमेल अवार्ड २०२१’ पनि प्राप्त गरेकी थिइन् । उनकै नेतृत्वमा मेगा बैंकले प्रतिष्ठित ‘बैंक अफ दि एयर अवार्ड २०१९’ समेत प्राप्त गर्न सफल भएको थियो । उनी स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत छिन् । सन् १९९१ मा तत्कालिन ग्रिनलेज बैंक अर्थात अहिलेको स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट करिअर गर्नुभएकी खुञ्जेलीसँग ३० बर्षको बैंकिङ क्षेत्रको अनुभव छ । 

    अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेपछि सिइओ खुञ्जेलीले गौरवान्वित महसुस गरेको बताइन् । यसको श्रेय मेगा बैंकका संस्थापक, सर्वसाधारण शेयरधनी, ग्राहकवर्गहरु, कर्मचारी एवं समस्त सरोकारवालाहरुमा जाने उनको भनाइ छ । 


    images

    Logo