images
images

जीवन विकास लघुवित्त र नेपाल टेलिकमको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


  • 547
    SHARES
  • २०७८ चैत्र १० गते बिहीबार

    जीवन विकास लघुवित्त र नेपाल टेलिकमको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौं । दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । जीवन विकास लघुवित्त र  नेपाल टेलिकमले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । 

    यी कम्पनीले प्रस्तावित लाभांश पारितका लागि वार्षिक साधारणसभाको मिति तय गरि उक्त सभा प्रयोजनकालागि जिवन विकास लघुवित्त चैत १२ गतेदेखि २५ गतेसम्म र नेपाल टेलिकमले चैत ११ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेका छन् । चैत ११ र १२ गते नेप्सेमा कारोबार नहुने भएकाले चैत १० गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र सो लाभांश लिन र उक्त सभामा सहभागि हुन पाउँनेछन् । 

    जीवन विकास लघुवित्तको चुक्त पुँजीको ७० प्रतिशत बोनस शेयर र  कर प्रयोजनका लागि ३.६८ प्रतिशत  नगद लाभांश वितरणको प्रस्ताव पारित गर्न चैत २५ गते साधारणसभा बोलाएको छ। सो सभा प्रयोजनकोलागि चैत १२ गते  बुक क्लोज गर्ने निर्णय गरेको छ ।

    त्यस्तै, नेपाल टेलिकमको ४० प्रतिशत बोनस शेयर र  कर प्रयोजनका लागि समेत २० प्रतिशत  नगद लाभांश वितरणका प्रस्ताव पारितको लागि चैत २४ गते साधारणसभा बोलाएको छ । सो सभा प्रयोजनकोलागि कम्पनीले चैत ११ गते शेयरधनी किताबखाता बन्द गर्ने निर्णय गरेको छ ।

    यस अनुसार चैत १० गतेसम्म कायम भएका शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागि हुन र कम्पनीले वितरण गर्ने बोनस शेयर र नगद लाभांश पाउनेछन् ।


    images

    Logo