images
images

प्रभु क्यापिटलको शेयर बजार सम्बन्धि साक्षरता कार्यक्रम सम्पन्न


  • 476
    SHARES
  • २०७८ चैत्र १० गते बिहीबार

    प्रभु क्यापिटलको शेयर बजार सम्बन्धि साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडौं । प्रभु क्यापिटलले ग्लोबल मनि विक २०२२ अन्तर्गत शेयर बजार सम्बन्धी साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । क्यापिटलले ग्लोबल मनि विक २०२२ अन्तर्गत विभिन्न स्थानहरुमा शेयर बजार सम्बन्धी साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको हो । 

    क्यापिटलले मंगलबार हेराल्ड कलेज काठमाण्डौका स्नातक तह अन्तर्गतकका विद्यार्थीहरुलाई इन्भेष्टमेन्ट बैंकिंग र लगानी व्यवस्थापन सम्बन्धी विषयमा तालिम कार्यक्रम सञ्चालन गरेको थियो । तालिम कार्यक्रममा कलेजमा अध्ययनरत करिब ६० जना विद्यार्थीहरु सहभागी रहेका थिए । तालिमकार्यक्रम प्रभु क्यापिटलका प्रमुख लगानी अधिकृत दुर्गानन्द झाले सञ्चालन गरेका थिए

    यसैगरी क्यापिटलले काठमाण्डौ उपत्यकाबाट नजिकै रहेतापनि पहूँचका हिसाबबाट विकट रहेको ललितपुर जिल्ला अन्तर्गतको बागमती गाउँपालिका इकुडोल स्थित जन जागृति उच्च मा.वीका १०+२ का विद्यार्थी, शिक्षक, व्यवस्थापन समितिका कर्मचारी तथा स्थानीयहरुलाई बुधबार १ दिने आधारभूत शेयर तालिम कार्यक्रम सम्पन्न गरेको छ ।

    ग्लोबल मनि विक २०२२ को उपलक्ष्यमा आयोजित कार्यक्रम जनजागृति उच्च मा.वीको तालिम हलमा सम्पन्न गरिएको थियो । कार्यक्रममा ७० जना विद्यार्थी, शिक्षक तथा स्थानीयहरुको सहभागीता रहेको थियो । तालिम कार्यक्रमको सञ्चाल नप्रभु क्यापिटलका प्रमुख सञ्चालन अधिकृत कृष्ण गिरीले गरेका थिए । 


    images

    Logo