images
images

मृगौला, मूत्रनली र प्रोस्टेटका पीडितलाई नर्भिकको सहुलियत : ओपिडीदेखि शल्यक्रियासम्म छुट


  • 362
    SHARES
  • २०७८ चैत्र १० गते बिहीबार

    मृगौला, मूत्रनली र प्रोस्टेटका पीडितलाई नर्भिकको सहुलियत : ओपिडीदेखि शल्यक्रियासम्म छुट

    काठमाडौं । विगत लामो समयदेखि आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत प्रत्येक शनिवार निःशुल्क ओपिडी अभियान संचालन गर्दै आएको नर्भिक अस्पतालले यो शनिवार विशेष सेवा दिने भएको छ ।
     
    नर्भिक अस्पतालमा अरु बेला २ घण्टा मात्र निःशुल्क ओपिडी हुने गरेकोमा आउने शनिवार अर्थात चैत १२ गते भने ४ घण्टा सो सेवा संचालन हुनेछ । चैत १२ गते नर्भिकको दुई यूरोलोजी टिमले निःशुल्क ओपिडी तथा परामर्श सेवा संचालन गर्नेछ । यो दिन दुईवटा टिमले निःशुल्क सेवा दिनेछ । बिहान ९ः३० बजेदेखि ११ः३० बजेसम्म यूरोलोजी विशेषज्ञद्वय प्रा.डा. रविन जोशी र डा. इशान मल्ल नेतृत्वको टिमले निःशुल्क ओपिडी सेवा दिने भएको छ । 

    मृगौला, मूत्रनली तथा मूत्रथैलीको पत्थरी, क्यान्सर, प्रोस्टेट, अण्डकोष तथा हर्नियाको समस्या भएका बिरामीहरुले यो ओपिडीबाट लाभ लिन सक्नेछन् । निःशुल्क ओपीडी अभियानमा सहभागी भई शल्यक्रिया गर्नुपर्ने आवश्यकता भएका बिरामीहरुलाई शल्यक्रिया शुल्कमा विशेष छुटको समेत व्यवस्था गरिएको अस्पतालले जनाएको छ । 

    नर्भिकमा हाल सानो प्वाल बनाई मृगौलाको पत्थरी निकाल्ने प्रविधि, घाउ नबनाई मृगौलाको पत्थरीको उपचार गर्ने तथा घाउ नबनाई मूत्रनलीको पत्थरी लेजरले धूलो बनाउने प्रविधि समेत उपलब्ध छ । यस्तै, दूरविनको माध्यमबाट घाउ बनाईकन प्रोस्टेट र मूत्रथैलीमा पलाएको ट्यूमरको समेत नर्भिकमा उपचार हुने गरेको छ । 

    यसैबीच, शनिवार बिहान ११ बजेदेखि १ बजेसम्म यूरोलोजी विशेषज्ञको अर्को टिमले पनि निःशुल्क ओपिडी सेवा संचालन गर्नेछ । यूरोसर्जरी विशेषज्ञद्वय डा. सञ्जीवभक्त बिष्ट र डा. सुनिल श्रेष्ठ नेतृत्वको अर्को टिमले प्रोस्टेट ग्रन्थी सम्बन्धी सबै खालका समस्या भएका बिरामीहरुलाई लक्षित गरी निःशुल्क ओपिडी तथा परामर्श सेवा संचालन गर्नेछ । 

    मुटुको समस्या भएका बिरामी तथा रगत पातलो गर्ने औषधि प्रयोग गरिरहेका बिरामीहरुका लागि लेजर प्रविधिबाट प्रोस्टेटको शल्यक्रिया समेत यो टिमले गर्नेछ । शल्यक्रिया शुल्कमा विशेष सहुलियतको अफर समेत उपलब्ध गराइएको अस्पतालले जनाएको छ । 


    images

    Logo