काठमाडौं । नेपाल ट्रेड युनियन काँग्रेस (एनटीयूसी) को राष्ट्रिय सम्मेलन आगामी जेठ २९ र ३० गते काठमाडौंमा हुने भएको छ । चैत ७ र ८ गते बसेको राष्ट्रिय समितिको बैठकले सम्मेलनको मिति र स्थान निर्धारण गरेको हो ।
सो सम्मेलन आयोजनाका लागि महासंघका वरिष्ठ उपाध्यक्ष महेन्द्रप्रसाद यादवको अध्यक्षतामा २ सय १ सदस्यीय आयोजक समिति गठन गरिएको छ । समितिमा राष्ट्रिय समिति, प्रदेश समिति, महिला तथा युवा समिति, जिल्ला समिति र आवद्ध संघ संस्थाका प्रतिनिधि समेत रहेका छन् ।
बैठकले देशका ७ सय ५३ वटै स्थानीय तहमा गाउँ/नगर समिति गठन गर्ने निर्णय समेत गरेको छ ।
यस्ता छन् राष्ट्रिय समितिको बैठकले गरेका निर्णयहरु