images
images

५ दिनभित्र बक्यौता तिर्न क्यासिनोलाई पर्यटन विभागको निर्देशन


  • 563
    SHARES
  • २०७८ चैत्र ११ गते शुक्रबार

    ५ दिनभित्र बक्यौता तिर्न क्यासिनोलाई पर्यटन विभागको निर्देशन

    काठमाडौं । रोयल्टी र नवीकरण बापतको बक्यौता नबुझाएका क्यासिनोलाई सरकारले ५ दिनभित्र चुक्ता गर्न निर्देशन दिएको छ । बारम्बार  सूचना जारी गरे पनि अटेरी गरेको भन्दै पर्यटन विभागले बिहीबार अर्को सूचना जारी गरेको हो ।  

    विभागले बक्यौता रहेका रक इन्टरनेसनल, ह्याप्पी आवर र ओरियन्टल होटल्स (¥याडिसन  होटल) लाजिम्पाटलाई ५ दिनभित्रै  बक्यौता दाखिला गर्न निर्देशन दिएको हो । विभागले यसअघि कात्तिक ७ गते ३५ दिनको समय दिएर बक्यौता चुक्ता गर्न सूचना जारी गरेको थियो ।  दोस्रो पटक पुस २७ गते १५ दिनको समय दिएको थियो ।

    उक्त समयमा पनि बक्यौता नउठेपछि माघ १९ गते सात दिनभित्र बक्यौता दाखिला गर्न विभागले सूचना सार्वजनिक गरेको थियो ।   समयमै बक्यौता दाखिला नगरे कानुनबमोजिम कारबाही गर्नेगरी बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीस्तरीय    निर्णयसमेत भएको थियो । मन्त्रालयले पछिल्लो समय क्यासिनो सञ्चालनबापतको  रोयल्टी र नवीकरण नबुझाएका कम्पनीलाई बारम्बार   ताकेता गर्दै आएको छ जसका कारण सरकारलाई सफलता पनि  मिलेको  छ ।

    यसै क्रममा चालू आर्थिक वर्ष अहिलेसम्म रोयल्टी शीर्षकमा ७५ करोड ४५  लाख रुपैयाँ प्राप्त भएको मन्त्रालयले जनाएको छ । सोही  प्रयोजनका लागि १४ करोड २० लाख रुपैयाँ बैङ्क जमानत प्राप्त भएको मन्त्रालयले उल्लेख गरेको छ । क्यासिनो सञ्चालकबाट ठूलो मात्रामा बक्यौता रहेपछि  मन्त्रालयले माघ २६ गतेको मन्त्रीस्तरीय निर्णयबाट कारबाहीको प्रक्रिया अगाडि बढाएको थियो । उक्त   प्रक्रियापछि क्यासिनो सञ्चालक बाँकी बक्यौताका लागि मन्त्रालय सम्पर्कमा आउने क्रम बढेको जनाइएको छ । मन्त्रालयका अनुसार    आर्थिक वर्ष २०७६÷७७ सम्म क्यासिनो सञ्चालक कम्पनीहरूले ८४ करोड ८४ लाख ४७ हजार रुपैयाँ रोयल्टी शीर्षकमा बुझाउन बाँकी  थियो । त्यस्तै कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयमा एक अर्ब ९० करोड  ९९ लाख ५५ हजार लगत कसिएको मन्त्रालयले जनाएको छ। ।


    images

    Logo