images
images

एनएमबि बैंकको बित्तीय साक्षरता कार्यक्रम सम्पन्न


  • 612
    SHARES
  • २०७८ चैत्र ११ गते शुक्रबार

    एनएमबि बैंकको बित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडौं । एनएमबि बैंक गैंडाकोट शाखाले बित्तीय साक्षरताकार्यक्रम सम्पन्न गरेको छ । बैंकले आफनाकर्मचारी तथा ग्राहकहरुको सहभागितामा गैंडाकोट–४, दर्शनचोकमा बित्तीय साक्षरताकार्यक्रम सम्पन्न गरेको हो । 

    कञ्चनआमा समुहको प्राङ्गणमा आयोजना गरिएको सो कार्यक्रममा एनएमबि बैंक गैंडाकोट शाखाका कर्मचारी द्वय प्रदिपखनाल र राजु पोख्रेललले बैंकको परिचय, बैंकले प्रदानगर्दै आइरहेको सेवा, डिजीटल बैंकिङ्गका साथै बैंकको महत्वका बारेमा प्रकाश पारेका थिए । 

    उक्तआमा समुहको तर्फवाट निबर्तमान अध्यक्ष शान्ता भुजेलले एनएमबी बैंकले, आउँदा दिनहरुमा पनि यस्ता बित्तीय साक्षरता सम्बन्धि विभिन्न कार्यक्रमहरुको आयोजना गरी समुहलाई अझ शसक्त बनाउने बताइन् ।बैंकले सर्बसाधारणलाई बैंकिङ्ग तथा बित्तीय साक्षरता सम्बन्धी सचेतना र सशक्तिकरण गर्ने उद्देश्यले आगामी दिनमा पनि यस किसिमका कार्यक्रमहरु सञ्चालन गर्दै जाने बताएको छ ।

    एनएमबि बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द बैंकर’ पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानितभएको र यसएनएमबि बैंकेले सन् २०१७, २०१८, २०२० र २०२१ मापनि नेपालकै उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’प्राप्तगरिसकेको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुच पुर्याउने उद्देश्यले एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १३९ एटीएमहरू, १० एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवाप्रदानगर्दै आइरहेको छ ।


    images

    Logo