काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकलाई रोडहाउस क्याफे पोखरामा १० प्रतिशत छुट दिने भएको छ । बैंक र क्याफे बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकहरुलाई १० प्रतिशत छुट दिने सम्झौता भएको छ ।
यस सम्झौता पश्चात् ग्राहकहरुले रोडहाउस क्याफे पोखरामा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा एकमुष्ठ १० प्रतिशत छुट पाउनेछन् । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ । रोडहाउस क्याफे पोखराले लेकसाइड, पोखराबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।


